Message (SSAUK Chairman)

आदर्णीय सम्पूर्ण संखुवा सभाली महानुभाव हरु,
नमस्कार

यूकेबासी सम्पूर्ण संखुवा सभालीहरुलाई संगठानिक हिसाबले एउटै सुत्रमा एकाबद्ध गाराइ हामीमाथि अचानक अैइपर्ने बिबिध समस्याहरुको सामुहिक ढंगबाट सरल समाधान होस् भन्ने उदेश्यबाट अभिप्रेरित भएरनै यो संस्थाको निर्माण भएको हुनपर्छ भन्ने मेरो ठम्याइ छ । यस् संस्थाको बिधान २००७ को प्रस्ताबनामा पनि " आफ्नो हित र अस्तित्व रक्षाको निमित्त संगठित हुन वान्छनिय भएको " भन्ने रहेको छ ।
यसर्थमा आदर्णीय संखुवा सभालिहरुमा म के अनुरोध गर्न चाहन्छु भने, यस संस्थालाई चूस्त र चलायमान तथा परिस्क्रित ढंगबाट अगाडि बढाइराख्न यूकेबासी सम्पूर्ण संखुवा सभालिहरुको महत्वपूर्ण भूमिका रहन्छ । तर, एउटा संगठनको संचार क्षेत्रको महत्वपूर्ण अंग, संस्थाको वेबसाईट तयार भएको चौध महिना पुरा भैइसक्दा पनि वेबसाईटले कुनै सामाग्री नपाउनु भनेको यात प्रचार प्रसारको कमी वा संस्था प्रतीको मौनता पनि हुन सक्छ ।
यूके जस्तो बीकशित मुलुकमा देशका सबै ठाउमा समाचार आदन प्रदान गर्न गराउन सजिलो माध्यम मिडियानै भएको हुनाले आगामी दिन्हरुमा निम्न वेबसाईट मा तपाईंको स्तरिय लेख, रचना, समाचार, र कमेन्ट्सहरु पठाइ संखुवा सभाली समाजको वेबसाईटलाई प्रिस्क्रित बनाउनहुन अनुरोध गर्दछु ।

वेबसाईट
www.ssauk.org

जीवन प्रकाश राइ
अध्यक्ष
संखुवा सभा समाज यूके

-------------------------------------------------------------------------------------------------------------------------------------

SSAUK Notice Board <<Archive>>